धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज निर्वाचित

139
0
Share:

धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।  २० हजार ८२१ मतसहित उनी मेयर पदमा निर्वाचित भएका हुन् । १९ हजार १६२ मतान्तरसहित राई मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् । अर्का उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याएकी छन् ।

कमेन्ट गर्नुहोस्