भरतपुरमा मेयरका १० उम्मेदवारले एक मत पनि पाएनन्

257
0
Share:

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । धेरैजसो पालिकाको अन्तिम मत परिणाम आइसक्दा केही नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा भने मत गणना जारी छ । देशभरका ६ महानगरमध्येको मत गणना जारी रहेको एक महानगर हो, चितवनको भरतपुर ।

काठमाडौँ महानगरपालिको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारहरुलाई विशाल मतान्तरले पछाडि परिरहेका बेला भरतपुरमा भने झन्डै एक दर्जन स्वतन्त्र उम्मेदवारको खाता अझै सून्य छ । यद्यपि, गठबन्धनप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भने १२ हजार मत कटाएका छन् ।

भरतपुर महानगरमा खसेको कूल १ लाख २७ हजार ५६६ मतमध्ये यो ममाचार तयार पार्दासम्म ९५ हजार ३११ म्त गणना भइसकेको छ । अब करिब ३२ हजार मत मात्र गणना हुन बाँकी छँदा महानगरको मेयरमा उम्मेदवारी दिने १० जनाले एक मत पनि पाएका छैनन् । दुई स्वतन्त्रसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपा नेपालका उम्मेदवारले भने एक/एक मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्