सप्तरीको रुपनी गाउँपालिमा लोसपा विजयी

290
0
Share:

सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवलाई ३ सय ३४ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष दिनेशले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हरेरामले ३ हजार ९ सय ३५ मत पाए ।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि लोसपाकै पुष्पा श्रेष्ठ निर्वाचित भएकी छन् । उनले पनि निवर्तमान उपाध्यक्षसमेत रहेकी जसपाकी बेचनीदेवी सरदारलाई ५६ मतान्तरले पराजित गरेकी छन् । निर्वाचित उपाध्यक्ष लौगीले ३ हजार ७ सय १० मत प्राप्त गरिन् भने निकट प्रतिस्पर्धी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्