ललितपुर महानगर अपडेट : चिरिबाबु ९ हजारभन्दा धेरै मतले अगाडि

80
0
Share:

ललितपुर महानगरपालिकाका गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १ सय ६२ मतले अग्रता लिएका छन् ।

महर्जनले २१ हजार ३ सय ११ मत प्राप्त गर्दा उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १२ हजार १ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । बज्राचार्यले ११ हजार ९ सय ६५ सय मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य ८ हजार ४ सय २६ मत ल्याएर पच्छ्याइरहेका छन् । ललितपुरमा मतगणना जारी छ।

कमेन्ट गर्नुहोस्