रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन् । यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई-२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो ।
मतदान स्थगित भएपछि मानिसहरूको हुल आएर जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए ।
प्रहरीले हवाई फायर गरेपछि बैठाले सो मतपेटिका छाडेर भागेका थिए। घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन् ।
कमेन्ट गर्नुहोस्