विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप

Share:

काठमाडौं । नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ ।

सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमालेले सांसदहरूलाई ह्विप लगाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्