
काठमाडौं । अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगेको भन्दै झापाका नरेन्द्रबहादुर श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् ।
चलचित्रमा अभिनेता केसीले निभाएको पात्रले चलाएको मोबाइलमा देखिने नम्बर आफ्नो भएको र चलचित्र सार्वजनिक भएपछि दिनहुँ अपरिचित व्यक्तिबाट सयौँ फोन आएर आफू मानसिक तनावमा परेको निवेदनमा भनिएको छ । उनले उचित क्षतिपूर्ति सहित विपक्षीलाई कारबाहीको माग समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्








