सेयर बजारमा वृद्धि, ६ अर्ब ४७ करोडकाे कारोबार

Share:

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.७८ अंकले बढेर २६०० को विन्दुमा कायम भएको छ ।

आज १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ ।‍ यस कम्पनीको ५२ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४२ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेन्ट गर्नुहोस्