
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वर्षातका कारण यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । हरेक वर्ष वर्षायाममा सफारी बन्द गर्ने गरिएको छ भने सडक मर्मतपछि असोज तिर पुनः सञ्चालन गरिनेछ । निकुञ्जभित्रका अन्य गतिविधि भने नियमित सञ्चालन हुनेछन् ।
भरतपुर महानगर क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको काम असार ३ देखि भदौ मसान्तसम्मका लागि रोकिएको छ । सडक विभागको अनुमति नपाएपछि काम रोकिएको हो । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । काम टाटा प्रोजेक्ट लिमिटेडले गर्दै आएको छ । यसकाे लागत १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
कमेन्ट गर्नुहोस्








