
काठमाडौं । बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र नेप्सेबीच आज यस योजनाका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको हो ।
कुनै पनि धितोपत्र सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएको यो म्युचुअल फन्डका इकाइहरु पनि मंगलबारबाट किनबेच गर्न सकिनेछ ।
नेप्सेमा यस योजनाका कुल १२ करोड इकाइ सूचीकृत भएको छ । यो म्युचुअल फन्ड १० वर्षे अवधिको बन्दमुखी योजना ह।
कमेन्ट गर्नुहोस्








