नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

136
0
Share:

काठमाडौ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको नाममा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यस शेयरका लागि संस्थाका विद्यमान शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (भदौ १४ गते) बाट ३५ दिन भित्र यस  लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा-८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको  छ ।

कमेन्ट गर्नुहोस्