पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकाे हाे : गृहमन्त्री लेखक

180
0
Share:

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको पाइएको छ ।

बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन बम विस्फोटबाट घाइते भएका थिए भने विस्फोटबाट घाइते दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयका पत्रकारहरुसँगको अन्तक्रिर्यामा पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको बताएका हुन् । ‘ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी भयो । यो कसरी पड्कियो भनेर सोधेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको छ ।’

उनले अर्को बम पनि झाडीमा फेला परेको र त्यसलाई नेपाली सेनाले निष्क्रिय बनाएको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्