
नेपालले १५ डिसेम्बर सन् १९६७ मा दौत्य संबन्ध राखेको चालीसौ मुलुक समेत रहेको डेनमार्कमा बिगत ५२ वर्षदेखि सत्तासित ८३ वर्षीय रानी मार्गेट ‘द्वितिय’ले अकस्मात गद्दी त्यागको घोषणा गरेकी छिन् ।
नयाँ वर्षको पुर्व सन्ध्यामा डेनमार्कको राष्ट्रिय टेलिभिजनमार्फत वक्तव्य दिदै आफ्नो गद्दी त्याग तथा राजकुमार फेडरिकलाई गद्दी सुम्पिने घोषणा गरेकी हुन् ।
गत फेब्रुअरीमा सम्पन्न उनको ढाडको शल्यक्रिया पश्चात भविष्यका लागि सोच्नुपर्ने अवस्था आएको र नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने समय आएको बताएकी रानी मार्गेट सन् १९७२ मा सत्तारोहण भएकी थिइन् भने युरोपियन क्षेत्रकै सर्वाधिक समय राज गर्ने व्यक्तिको रुपमा समेत परिचित थिइन् ।
रानीबाट घोषणा भएपनि कानुन अनुसार डेनीश संसद बाट भने अनुमोदन आवस्यक रहेको डेनिश समाचार संस्थाहरुले जनाएका छन् ।
कस्ता छन् त राजकुमार फेडरिक?
सन् १९६८ मा जन्मिएका राजकुमार फेडरिक, रानी मार्गेटका ज्येष्ठ सन्तान हुन् । मावली हजुरबुबाको नाम पाएका राजकुमारले डेनिश राजपरम्परा अनुसार फेडरिक वा क्रिस्टियन नाम राखिने प्रचलन अनुसार को रहेको छ।
जल सेनामा सेवा गर्दा ‘पिंगो’ उपनाम राजकुमार डेनिशले अस्ट्रेलियाइ नागरिक संग लगन गाँठो कसेका छन् भने अमेरिकी हार्वर्ड बिश्वबिध्यालयका छात्र समेत रहेका राजकुमार ओरेगार्ड जिम्नेसियम बाट डेनिश राजपरिवार बाट पहिलो स्नातकोत्तर उतिर्ण हुने राजपरिवार सदस्य समेत हुन् ।







