भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

Share:

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्।

भारतीय दूतावास स्रोतले विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणको लागि वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको बताएको छ । भ्रमणको अवसरमा मन्त्री जयशंकरले उच्च पदाधिकारीहरु संग पनि भेट गर्ने सम्भावना रहेको छ ।

विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतको दावी छ । संयुक्त आयोगको बैठक भएको हुनाले सबै एजेण्डाहरूमा छलफल हुने र नेपाल को जोड भने विद्युत व्यापार सम्झौतामा केन्द्रित हुने बताइएको छ।

लामो समयदेखि महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई मार्गको माग गरिरहेको नेपालले अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति दिन भारत पक्षसँग प्रस्ताव राख्ने तयारी गरेको छ।

भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको पाँच करोड रुपैयाँ सहयोग बढाएर २० करोड रुपैयाँ पुर्‍याउने सम्झौतामा हस्ताक्षर हुन लागेको मन्त्रालय स्रोतले जनाएको छ।

 

 

कमेन्ट गर्नुहोस्