शिक्षक मानबहादुर यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Share:

रामेछाप। रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

प्रहरी नायब होमबहादुर पराजुलीले जानए अनुसार सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको हो।

उनले भने, “पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो”।

अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेको प्रहरीले जनाए।

कमेन्ट गर्नुहोस्