काठमाडौं । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेको हो।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले कोइरालाको मुद्दामा कसुर ठहर भएको र सजाय निर्धारणका लागि पुस ११ मा इजलासमा पेस गर्ने आदेश भएको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो।
कमेन्ट गर्नुहोस्







