चार महिनामा ३ अर्ब ७१ करोडको कार्पेट नेपालद्वारा निर्यात

Share:

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ३ अर्ब ७१ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा भन्सार विभागको तथ्यांक अनुसार उक्त मूल्य बराबरको कार्पेट निर्यात भएको हो । यस अवधिमा १ लाख ४६ हजार स्क्वायार मिटर कार्पेट नेपालबाट निर्यात भएको छ ।

नेपालबाट विश्वका ६५ भन्दा धेरै देशमा कार्पेट निर्यात हुने गरेको मध्ये अमेरिकामा मात्रै २ अर्ब २० करोड ६७ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।

भारतमा १४ करोडको निर्यात हुँदा बेलायतमा २१ करोडको निर्यात भएको छ । स्वीजरल्याण्डमा ७ करोड र टर्कीमा ६ करोडको निर्यात भएको छ भने रसियामा ५ करोडको निर्यात भएको छ । यस्तै, कतारमा १ करोडको निर्यात भएको विभागको जानकारी रहेको छ ।

कमेन्ट गर्नुहोस्