हिमालयन डिस्टिलरीको लाभांश घोषणा

Share:

काठमाडौं । लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा हिमालयन डिस्टिलरीले गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको उल्लेख छ ।

आगामी वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित हुनुपर्ने छ । यसका लागि पुस २५ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि भनेर कम्पनीले पुस १३ गतेका लागि ‘बुक क्लोज’ घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्