हुम्लामा बाक्लो हिमपात, जनजीवन प्रभावित

Share:

मंशिर १८ । रातभर मौसम सफा रहेको हिमाली जिल्ला हुम्लामा आज बिहान देखि मौसम परिवर्तन भइ बाक्लो हिमपात भएको छ ।

हिमपात बाट जमिनमा चिसोपना बढ्नगइ अन्न बालि सप्रने भएकोले जिल्लाको प्रमुख बालिको रुपमा रहेको गहुँ, जौ लगायतका अन्नको उत्पादन राम्रो हुने आशा राखेका हुम्ली जनताको हालको अवस्था भने कस्टकर नै रहेको भएपनि उत्साहित देखिएका छन् ।

श्रोतले जनाए अनुसार जिल्लाको अधिकांश भागमा हिमपात भै  जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण हुस्सु लागेकोले हवाई यातायात समेत अवरुद्ध भएको छ भने तापक्रम घटेर ३ डिग्री को आसपास रहेको छ।

 

कमेन्ट गर्नुहोस्