
काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम नेपाली बजारमा जारी नै रहेको छ ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले बढेको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघले सोमबार चाँदी प्रति तोला १५४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्







