एमालेका अध्यक्ष ओली कैलाली भ्रमणमा

Share:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली जाने भएका छन् । ओली मंगलबार साँझ धनगढी तर्फ प्रस्थान गर्दै छन् ।

१४ गतेबाट पार्टीले बैतडीको झुलाघाट बाट सुरु गर्न लागेको मध्य-पहाडी लोकमार्ग पदयात्राको उद्घाटनका लागि ओलीको कैलाली भ्रमण तय भएको हो । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि भ्रमणमा सामेल रहने छन् ।

अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बसी भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्