
काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ। आज हालसम्मकै सुनको मूल्य उच्च भएको हो । आज छापवाला सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको हो ।
सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा अघिल्लो दिन सोमबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
तेस्तैगरी आज चाँदी प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
विश्व बजारमा सुनको भाउ बढेकाले नै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार १४ डलर विश्वबजारमा रहेको छ ।
कमेन्ट गर्नुहोस्







