संयुक्त अरब इमिरेट्स जादै प्रचण्ड, कोप २८ सम्मेलनमा सहभागी हुने

Share:

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप-२८) को २८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु रहने छन् ।

प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने तथा त्यही दिन पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार: जलवायु संकट बाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय भएको बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु गर्ने, त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गरि मंसिर १७मा स्वदेश फर्किने छन् ।

कमेन्ट गर्नुहोस्