‘कटअफ प्राइस’ ४०१ रुपैयाँ कायम गर्दै सर्वोत्तम सिमेन्टको सेयर, सर्वसाधारणले कतिमा पाउँछन् ?

Share:

काठमाडौं । बुक बिल्डिङ प्रक्रियाबाट नेपालमै पहिलो पटक सेयर बिक्री गरेको सर्वोत्तम सिमेन्टको कटअफ प्राइस ४०१ कायम भएको छ । उक्कत क्म्पनीको सेयरमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

२४ लाख कित्ता सेयर कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि जारी गरेको हो । प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा अब सर्वसाधारणलाई कम्पनीले बिक्री गर्नेछ । संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ।

यही कारण सर्वसाधारणले ३ सय ६० रूपैयाँ ९० पैसामा सेयर पाउने भएका हुन्। सर्वसाधारणमा ३६ लाख कित्ता सेयर जारी हुनेछ। सुरूमा मूल्य निर्धारणको लागि कम्पनीले ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो। त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो।

कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२।९० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बोलकबोलमार्फत् बिक्री खुला गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ दिएको छ।

कमेन्ट गर्नुहोस्