बैतडीको पाटनमा ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा

Share:

काठमाडौं ।  ग्लोबल आइएमई बैंकद्वारा आइतबारदेखि बैतडी जिल्लाको पाटन नगरपालिका-६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

एक समारोहबीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बैंकको पाटन शाखाको समुद्घाटन गरेका छन्। नयाँ शाखाको सञ्चालन लगत्तै कम्पनीको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

४५ लाख भन्दा बढी ग्राहकहरुमाझ कम्पनीले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्