सीजी मोटर्सले ल्यायो तीनवोटा नयाँ शोरुम सञ्चालनमा

Share:

काठमाडौं । नेपालका तीन अलग अलग स्थानमा  सीजी मोटर्सद्वारा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले तीन स्थानहरु डिलरशिप मार्फत् शोरुम सन्चालनमा ल्याएका हुन् ।तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सञ्चालनमा ल्याइने शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि  कम्पनीले बताएको छ ।

सीजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल ईभी पारखीहरुमाझ लोकप्रिय छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको रोजाइमा छ । १७० मिमिको ग्रोउन्ड किलिरेनश भएको नेटा भिमा ८ वर्ष अथवा १५ हजार किमिको वारेन्टी रहेको छ।

साथै ईभी नेटा भी, ११ सिटर सीजी केवाईसी तथा १४ र १९ सिटर किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने पनि कम्पनीले बताएको छ । कम्पनीले यसअघि काठमाण्डौको नक्साल र पोखरामा शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ।

कम्पनीले चाँडैनै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुमसहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ।

५० भन्दा धेरै चार्जिङ सेवा दिंदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा हाल नेपालभर उपलब्द गराउने पनि उसले बताएको छ ।

कमेन्ट गर्नुहोस्