
काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा हानाहान गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ ।
शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
लुक्लाबाट शुक्रबार बिहान मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट ओर्लेपछी कुटाकुटको अवस्था आएको थियो ।
सुदर्शन बर्तौला तारा एयरका प्रवक्ताका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र थप विवरण आउन बाँकी रहेको बताए । ‘कम्पनीका कारण उहाँहरुबीच झगडा भएको देखिन्न’, उहाँले भन्नुभयो, ‘कुनै व्यक्तिगत कारण हुन सक्छ ।’
कमेन्ट गर्नुहोस्







