
काठमाडौं । सुनको मूल्य तोलामा २०० रुपैयाँले साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको हो ।
योसँगै छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ र तेजाबी प्रतितोला सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा पुगेको छ । चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्







