महानगरमा थपिने भयो एकतर्फी सडक

Share:

काठमाडौं। ‘जुन गोरुको सिंग छैन उसको नाम तिखे’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै आयातित ईन्धन बाट सवारी चल्ने काठमाडौँ शहरमा थप तिन सडक एकतर्फी सवारी सञ्चालन हुने गरि ब्यबस्थापन गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले  काठमाडौँ भित्रका ३ वटा सडकमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी गरेको छ।

ट्राफिक विज्ञ समेत रहेका महानगरपालिकाका सल्लाहकार जगतमान श्रेष्ठले सम्बद्ध वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको बताएका छन् ।

श्रेष्ठका अनुसार काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वर आउन मात्र पाइने छ, उक्त सडकमा प्रवेश गर्न भने नपाइने भएको छ।

जमल र दरबारमार्गबाट रत्नपार्क तर्फ आउने क्रममा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञा भवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने व्यवस्था गर्ने योजना छ। त्यसैगरी पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन नपाइने व्यवस्था हुने छ। यहाँदेखि महेन्द्र सालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी महानगरको रहेको छ।

कमेन्ट गर्नुहोस्