
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतको धादिङ जिल्लामा पर्ने नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड को चौडाई बढाउने कार्य गर्दा बाटो छेवैको पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । यो व्यवस्था असोज ४ गतेदेखि २० गतेसम्म लागु रहने छ ।
धादिङ जिल्ला प्रशासन कार्यालयका अनुसार खयरघारी र पोखरेखोला नजिक राति ११ बजेदेखि बिहान ३ बजेसम्म (जम्मा चार घण्टा) सवारी आवागमन रोकेर काम गर्ने निर्णय भएको तथा रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय भएको जानकारी दिएको छ ।
सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
कमेन्ट गर्नुहोस्







