आज राष्ट्रिय शिक्षा दिवस मनाइदै

Share:

काठमाडौँ । आज राष्ट्रिय शिक्षा दिवस, ‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मनाइँदैछ ।

समयमा बजेट निकासा नभएको कारणले पदक भने निर्माण भैनसकेको हुनाले आज पुरस्कारमात्रै वितरण हुने र पदक पछि वितरण गरिने भएकाे मन्त्रालयले यस पटक दुइ नयाँ पुरस्कारहरु ‘नेपाल प्रविधि विद्याभूषण’ र ‘समाज कल्याण शिक्षा पुरस्कार’ थप गरि वितरण गर्ने भएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम गर्ने छ । जसमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । मन्त्रालयले छात्रा विद्यापदक पनि आज प्रदान गर्ने भएकाे छ ।

कमेन्ट गर्नुहोस्