३४ जनाको सजाय माफी मिनाहाको आधार खुलाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्र

Share:

काठमाडौँ। सरकारले संविधान दिवसका अवसरमा कैदीबन्दीलाई माफी दिने चलनमा चलखेल को आशंका गरिएको छ ।

गृह मन्त्रालयले माफी दिनुपर्ने कारण पनि उल्लेख नगरि मन्त्रिपरिषद बाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले ३४ जनालाई माफी मिनाहाको सिफारिसको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार गृहमन्त्रालय बाट माफी मिनाहाका लागि सिफारिस भएकाहरू ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका  मुद्दामा सजाय तोकिएका व्यक्ति रहेको श्रोतको शंका छ । राष्ट्रपति कार्यालयले पनि ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ।

यो बर्ष कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएकोमा मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

कमेन्ट गर्नुहोस्