आज कुसे औँसी: गोकर्णेश्वरमा श्रद्धालुको भीड

Share:

काठमाडौँ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीको अवसरमा छोराछोरीहरूले आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने परम्परा रहेको छ ।

कुशे औँसीको अवसरमा आज काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । कुशे औँसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरूले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्ड दान दिई पितालाई सम्झनेहरूको भीड देख्न सकिन्छ ।

आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

कमेन्ट गर्नुहोस्