
काठमाडौँ । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । सनातनी सभ्यताको पुजनीय गाई हत्याको विरोधका साथसाथै हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।
राप्रपासहित विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहेको आन्दोलन तथा प्रदर्शनको औचित्य बारे प्रकाश पार्दै पार्टी प्रवक्ता मोहन श्रेष्ठले सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदानका लागि विरोध प्रदर्शन गरिएको जानकारी दिएका छन् ।
भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्कमा पुगेर सभामा परिणत हुने विरोध सभालाई पार्टी पार्टी अध्यक्ष राजेन्द्र लिङदेन सहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।







