नेता सुवास नेम्वाङको सार्वजनिक बिदा सहित राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Share:

काठमाडौँ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भएको श्रोतले जनाएको छ ।

हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको नेता नेम्वाङ लाई सोमबार राति १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो।

कमेन्ट गर्नुहोस्