
काठमाडौँ । मधेस प्रदेशकी प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।
दुई वर्षअघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित सांसद यादव बिगत १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा उपचाररत थिइन्। ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको अस्पतालले पुष्टि गरेको छ।
कमेन्ट गर्नुहोस्







