बातावरणमैत्री सेना, रोप्यो दुई हजार बढी बिरुवा

Share:

काठमाडौँ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा दुई हजार बढी बिरुवा रोपेको छ । यहाँ तेजपत्ता मसलालगायतका बिरुवा रोपिएको सेनाले जनाएको छ ।

सेनाले विपद लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधि बढाउदै बातावरण संरक्षणको निम्ति संचालन गरेको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रम अन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो ।  यो अभियान अन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको गणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्