ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

Share:

काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
धरौटी माग गरिएका व्यक्तिहरु  र रकम

१) केशव तुलाधर – साधारण तारेखमा रिहा,

२) शिवजी भट्ट – ३ लाख ३० हजार

३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

५) कलाधर देउजा –१५ लाख

६) घमन कुमार कार्की– ७ लाख ५० हजार

७) गोपाल कार्की –७ लाख ५० हजार

८) विनोद पौडेल– १५ लाख

९) योगराज पौडेल– ७ लाख ५० हजार

१०) नारायणराज मिश्र –७ लाख ५० हजार

११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०

१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

१३) बाबुराजा महर्जन– १ लख १० हजार

१४) देवनारायण महर्जन – १ लाख १०

१५) सकलानन्द महर्जन– १ लाख १० हजार

१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार

१७) लोकरि घिमिरे –७ लाख ५० हजार

कमेन्ट गर्नुहोस्