भोलि देखि एशिया कप क्रिकेट, उद्घाटन खेल नेपाल र पाकिस्तान बीच

Share:

काठमाडाैं । पाकिस्तानमा भोलिदेखि सुरु हुने १६औँ एसिया कप क्रिकेट खेल को औपचारिक शुरुवात हुदैछ । खेल प्रतियोगिता हाइब्रिड मोडलमा पाकिस्तानमा ४ र श्रीलंकामा ४ खेल हुँने तालिका रहेको छ ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले समूह चरणका दुई खेल पाकिस्तान र श्रीलंकामा खेल्नेछ । पाकिस्तानको मुल्तानमा भोलिको तालिका रहेको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ । नेपाली समयअनुसार भोलि अपराह्न सवा तीन बजे खेल सुरु हुनेछ । नेपालले पहिलोपटक खेल्न लागेको यो ओडीआईको सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालले दाेस्राे खेल ४ सेप्टेम्बरमा श्रीलंकाकाे क्यान्डीमा भारतसँग खेल्नेछ ।

नेपाली टिमका सदस्यहरु  २२ अगस्ट मा नै पाकिस्तान प्रस्थान गरे पनि स्पीनर सन्दीप लामिछाने भने सोमबार मात्र त्यसतर्फ प्रस्थान गरेका छन् । उनी आज नेपाली टिममा जोडिने छन् । कराँचीमा अभ्यास गरेपछि नेपाली टिम आइतबार मुल्तान पुगेको थियो ।

खेलका लागि पाकिस्तानी टिम पनि मुल्तान पुगिसकेको छ । श्रीलंकामा अफगानिस्तान विरुद्धको सिरिज खेलेपछि पाकिस्तानी टिम त्यहाँबाट सिधै मुल्तान पुगेको हो ।

कमेन्ट गर्नुहोस्