
काठमाडौँ । नेपल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणसभालाई सम्बोधन गर्न बुटवल जाने भएका छन् ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भनिएको कार्यक्रममा सम्बोधन गर्न मोर्चामा आबद्ध नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताहरु पनि उपस्लेथित रहने समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्