
काठमाडौँ । गत श्रावण १० गते देखि अवरोधित सङ्घीय संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायतको सूचनासहित ८ वटा कार्यसूची छन् ।
एमाले सचेतक महेश बर्तौलाले आफूहरुको माग सम्बोधन नभएकाले आजको बैठक पनि चल्न नदिने बताएका कारण आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ ।
कमेन्ट गर्नुहोस्







