संसद अवरोध खुलाउन प्रधानमन्त्री सक्रिय, बोलाए सर्वदलीय बैठक

Share:

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सत्ता गठबन्धनले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग संवाद गरेर सदन खुलाउन पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आइतबार मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग अवरुद्ध संसद् खुलाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

संसद खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निवासमा बोलाएर छलफल गरेका भएपनि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सन्चालन हुन नदिने अडान लिएको थियो । नेकपा एमालेले आज पनि बोलाइएको प्रतिनिधि सभाको बैठक अवरोध गर्ने बताइसकेकोले बैठक सन्चालन हुने वा नहुने भन्ने कुनै निश्चित छैन ।

 

कमेन्ट गर्नुहोस्