वर्षाको परिणाम, राजमार्ग तथा हवाई उडान अवरुद्ध

Share:

काठमाडौँ । शनिबार देखि अविरल परिरहेको बर्षाको कारण देशभरका अनेकौ सडक अवरुद्ध भएका छन् भने आन्तरिकका साथै अन्तर्राष्ट्रिय हवाई उडान समेत प्रभावित भएको छ।

विमानस्थलले जनाए अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्।

आन्तरिकतर्फ पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ-तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ।

सडक यातायात तर्फ बाढी र पहिरोले देशभरका अनेकौ सडकहरू अवरुद्ध भएका छन् । कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड र पृथ्वी लोकमार्गको धादिङ खण्ड पहिरोकै कारण एकतर्फी मात्र सञ्चालन छ । पाँचथर जिल्लाको तमोर करीडोर अवरुद्ध रहेको छ भने मदन भण्डारी राजमार्गको उदयपुर खण्ड अवरुद्ध छ । पासाङ ल्हामु राजमार्गको बेत्रावती-कालिकास्थान सडक खण्ड पनि अवरुद्ध छ ।

म्याग्दीमा-बेनी-जोमसोम सडकखण्ड, पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ भने बेशीँसहर-मनाङ सडक खण्ड पनि अवरुद्ध रहेको छ । सुर्खेत-कोहलपुर सडक (रत्न राजमार्ग) अवरूद्ध भएको छ भने रोल्पाको थवाङ-घोराही सडकखण्ड, सुर्खेत-दैलेख सडक खण्ड एकतर्फ मात्र सञ्चालनमा आएको छ भने कैलालीको भीमदत्त राजमार्ग पूर्ण अवरुद्ध रहेको छ ।

 

कमेन्ट गर्नुहोस्