
काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिकाको सिमानास्थित रहेको गोपीखोलामा बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले जनाए अनुसार बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा २ ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि २१ जना घाइते भएकाहरु मध्ये १२ जना चरिकोटको दोलखा सामुदायिक अस्पताल र ९ जनालाई च्छोरोल्पा अस्पतालमा उपचारार्थ लागिएको बताउदै प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्







