राष्ट्रपति र दुवै सदनका प्रमुख बीच भेट, संसदको अवरोध हटाउने बिषयमा छलफल केन्द्रित

Share:

काठमाडौं । शुक्रबार बिहान १० बजे रास्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संग छलफल गरेका छन् । छलफल करिब आधा घण्टा चलेको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा संसद्को जारी अवरोध लगायतका बिषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।

उक्त अवसरमा रास्ट्रपतिले संसद अवरोध लगायतका बिषयमा जिज्ञासा राखेको र दुवै सदनका प्रमुखहरुले खुलाउन जारी राखेको प्रयास समेत को बारेमा जानकारी गराउदै सदान खुलाउन रास्ट्रपतिको सहयोगको अपेक्षा राखेको बताएका थिए ।

गत साउन १० गतेदेखि प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्