कक्षा १२ को नतिजा अर्को साता प्रकाशन हुने

Share:

काठमाडौं । यस वर्षको उच्च माध्यमिक तह अन्तर्गत कक्षा १२ को परीक्षाफल आगामी साता प्रकाशन हुने भएको छ ।

करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सम्मिलित भएको परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको र आगामी साता नतिजा आउने निश्चितप्राय भएको हो ।

हाल बोर्डले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्