
काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिन फर्किने क्रममा चिनियाँ नागरिकद्वय ‘ली जियालिन’ र ‘लिउ फुयान’लाई विमानस्थलबाट पक्राउ गरेको हो ।
अध्यागमन कार्यालयले उनीहरुमाथि थप अनुसन्धानका लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।
सुन तस्करी प्रकरणमा हाल सम्म पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्







