
काठमाडौँ । उच्च माध्यमिक तह (प्लस टु)को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चिकित्सक बनेका थप दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि.आइ.बी.)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ को बसुन्धरा स्थित ईशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार र मोरङबाट मनिष चौधरी रहेका छन् ।
अपरेशनको ‘फोक्सट्रोट चार्ली’ नामकरण गरि लागि परेका अपरेशन कमान्डर डिएसपी डा. तपन दाहालले यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरि चिकित्सक बनेका मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह लाई पक्राउ गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्







