प्रधानमन्त्री प्रचण्ड चिन भ्रमणमा जाने, असोज महिनाको बन्यो तालिका

Share:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज महिनाको पहिलो वा दोश्तेरो साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।

प्रहरी बाट आयोजित चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरणको शुभारम्भ कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको जानकारी दिएका हुन् । प्रधानमन्त्री दाहालको नेतृत्वमा भएको दक्षिणी छिमेकि भारतको भ्रमण फलदायी भएको र महत्वपूर्ण उपलब्धि हासिल भएको समेत बताए।

मन्त्री साउदले अन्तरराष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे।

कमेन्ट गर्नुहोस्