
काठमाडौं । नेपालमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । भारतबाट बढेर आएसँगै नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ७/७ रुपैयाँले मूल्य बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।
कमेन्ट गर्नुहोस्







